मरिण खोलाले बगाउँदा एक जनाको दुःखद मृत्यु

मरिण खोलाले बगाउँदा एक जनाको दुःखद मृत्यु

सिन्धुली, सिन्धुलीमा खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ।

प्रहरीका अनुसार मरिण गाउँपालिका–३ मथौली निवासी ५८ वर्षीय लोकबहादुर श्रेष्ठ को बुधबार दिउँसो मरिण गाउँपालिका–२ सानो गर्दुवा जमुनेस्थित मरिण खोलाले बगाएर मृत्यु भएको हो।

वर्षायाम सुरु भएसँगै नदी तथा खोलाहरूमा पानीको बहाव बढिरहेका बेला भएको यस घटनाले स्थानीयलाई स्तब्ध बनाएको छ।

प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

वर्षायाममा नदी, खोला तथा बाढी प्रभावित क्षेत्रमा विशेष सावधानी अपनाउन सम्बन्धित निकायको आग्रह छ।