स्रोत नखुलेको ५४ लाख रुपैयाँसहित ३ जना पक्राउ

स्रोत नखुलेको ५४ लाख रुपैयाँसहित ३ जना पक्राउ

काठमाडौं, काठमाडौं र सर्लाहीबाट प्रहरीले स्रोत नखुलेको ५४ लाख रुपैयाँ नगदसहित ३ जनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका–२ लाजिम्पाटस्थित एक कफी बारबाट २२ लाख रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४७ वर्षीय तारालाल विश्वकर्मा र ५० वर्षीय होमबहादुर केसी रहेका छन्। प्रहरीले अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी लगायत) सम्बन्धी कारोबार भइरहेको सूचनाका आधारमा छापा मार्दा उनीहरूलाई उक्त रकमसहित नियन्त्रणमा लिएको जनाएको छ।

यस्तै, सर्लाहीको मलंगवा नगरपालिका–१० झिम पुलबाट ३२ लाख रुपैयाँ नगदसहित २८ वर्षीय गुडु कुमार यादव पक्राउ परेका छन्। भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका उनलाई प्रहरीले शंकास्पद अवस्थामा जाँच गर्दा रकम बरामद गरेको हो।

घटनामा संलग्न रहेको आशंकामा थप एक जनालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद रकमको स्रोत, प्रयोग तथा सम्भावित अवैध कारोबारबारे विस्तृत अनुसन्धान अघि बढाएको छ।

एकै दिन काठमाडौं र सर्लाहीबाट बरामद भयो ५४ लाख रुपैयाँ नगद, रकमको स्रोतबारे अनुसन्धान तीव्र।