चितवनमा बङ्गुर फर्ममै जुवा खेल्दै गर्दा ४ जना पक्राउ, साढे ३ लाखभन्दा बढी नगद बरामद

चितवनमा बङ्गुर फर्ममै जुवा खेल्दै गर्दा ४ जना पक्राउ, साढे ३ लाखभन्दा बढी नगद बरामद

चितवन, जेठ — चितवनको रत्ननगर नगरपालिका–१६ भद्रकालीस्थित एक बङ्गुर फर्ममा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ छापा मार्दै ६० वर्षीय हरी थापा मगरसहित चार जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूको साथबाट नगद ३ लाख ३३ हजार ५ सय रुपैयाँ तथा १६ थान कौडा बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गोप्य सूचनाका आधारमा गरिएको कारबाहीमा उनीहरू जुवा खेलिरहेको अवस्थामा फेला परेका थिए। पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको छ।

बढ्दो जुवातास नियन्त्रणका लागि प्रहरीले निगरानी र कारबाहीलाई तीव्र बनाएको बताएको छ। स्थानीयवासीले पनि यस्ता अवैध गतिविधिविरुद्ध सूचना दिन आग्रह गरिएको छ।