त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणको नेपाली तथा विदेशी मुद्रासहित दुई बंगलादेशी नागरिक पक्राउ
- thantikhabar
- June 14, 2026
19
SHARES
काठमाडौं, जेठ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाह्य मुलुकतर्फ लैजान लागेको स्रोत नखुलेको नेपाली तथा विदेशी मुद्रासहित दुई बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ३९ वर्षीय मोहम्मद इन्ताज अली (Mohammad Intaz Ali) र ५० वर्षीय एमडी जाकिर होसैन (MD Zakir Hossain) रहेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ क्षेत्रमा नियमित जाँचका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार बाटिक एयरमार्फत काठमाडौंबाट मलेसिया जान लागेका उनीहरूको साथबाट ठूलो परिमाणमा स्रोत नखुलेको रकम बरामद गरिएको छ।
मोहम्मद इन्ताज अलीको साथबाट नेपाली १० लाख २५ हजार रुपैयाँ तथा जाकिर होसैनको साथबाट नेपाली १२ लाख ३४ हजार रुपैयाँ, अमेरिकी डलर १ हजार र मलेसियन रिङ्गिट २० हजार बरामद भएको प्रहरीले जनाएको छ।
बरामद रकमको स्रोत तथा उद्देश्यबारे अनुसन्धान भइरहेको छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर पठाइएको छ।
- मौसम विशेष समाचार: देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्क रहन अपिल
- चितवनमा बङ्गुर फर्ममै जुवा खेल्दै गर्दा ४ जना पक्राउ, साढे ३ लाखभन्दा बढी नगद बरामद
- आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ : चेम्बर अध्यक्ष अग्रवाल
- आजको राशिफल: असार १ गते सोमबार, कस्तो छ तपाईंको भाग्य ?
- निक्की, भारतीय राजदूतावास र आईडाद्वारा आयोजित नेपाल-भारत एआई सहकार्यसम्बन्धी सेमिनारलाई सर्वम एआईका डा. प्रत्यूष कुमारद्वारा सम्बोधन
- कुमारी बैंकद्वारा नेपालकै पहिलो Real-Time ERP-एकीकृत डिजिटल कर्जा प्लेटफर्म ‘सुरुवात’
- रंग लगाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
- न्यूरोडबाट स्रोत नखुलेको ८ लाख ६१ हजार रुपैयाँसहित एक युवक पक्राउ
- अमेरिका पठाइदिने भन्दै ३८ लाख ५० हजार रुपैयाँ ठगी गर्ने महिला पक्राउ
- अमेरिका र क्रोएशिया पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ

प्रतिकृया दिनुहोस्