बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौंबाट पक्राउ!

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौंबाट पक्राउ!

बैंकिङ कसुर मुद्दामा लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१७ खुशिबु बस्ने, नुवाकोट म्यागङ गाउँपालिका–६ घर भएका ५३ वर्षीय सुवास प्रधान रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई आइतबार काठमाडौं महानगरपालिका–१६ नयाँबजार क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउपछि उनलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ।