एमाले महाधिवेशनको उद्घाटन ‘ऐतिहासिक जनसभा’ बन्दै, ५० हजार युवा काठमाडौंमा जुट्दै!

एमाले महाधिवेशनको उद्घाटन ‘ऐतिहासिक जनसभा’ बन्दै, ५० हजार युवा काठमाडौंमा जुट्दै!

काठमाडौं, मंसिर २१।
नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई ‘ऐतिहासिक जनसभा’ का रूपमा सफल बनाउन तयारी तीव्र बनेको छ। कार्यक्रमलाई देशभरबाट युवाहरूको अभूतपूर्व सहभागिता गराउने उद्देश्यसहित व्यापक परिचालन भइरहेको छ।

राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेका अनुसार उद्घाटन कार्यक्रममा ५० हजारभन्दा बढी युवा सहभागी हुने अनुमान गरिएको छ। उनका शब्दमा—“प्रदेशदेखि स्थानीय तहसम्मका प्रतिनिधि, पर्यवेक्षक र जिल्लागत युवा टोलीहरू संगठित रूपमा काठमाडौं आउने तयारीमा छन्।”

युवा संघका विभिन्न संरचनाहरूले महाधिवेशनलाई ‘महाउत्सव’ जस्तै उत्साहपूर्ण बनाउन अभियान चलाइरहेका छन्।

थेवेका अनुसार, युवाहरूको भौतिक उपस्थिति मात्र होइन, उनीहरूको राजनीतिक ऊर्जा, संगठनप्रति भरोसा र आगामी नेतृत्व उत्पादनका दृष्टिलेपनि यो भीड महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

काठमाडौंमा भव्य र रेकर्ड तोड्ने भीड हुने अनुमानसँगै, सुरक्षा, बसोबास र व्यवस्थापन पक्षलाई स्थानीय निकाय र पार्टी संरचनाले उच्च सतर्कतासहित सम्हालिरहेका छन्।