नयाँबजारमा डेराबाट ३ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल चोरी

नयाँबजारमा डेराबाट ३ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल चोरी

काठमाडौं । काठमाडौं महानगरपालिका–१६, नयाँबजारस्थित धारागल्लीमा डेरा गरी बस्ने नुवाकोटको बेलकोटगढी नगरपालिका–५ घर भएकी २९ वर्षीया तारा श्रेष्ठको कोठाबाट सुन तथा चाँदीका विभिन्न गरगहनासहित करिब ३ लाख ५४ हजार रुपैयाँ बराबरको धनमाल मंगलबार दिउँसो चोरी भएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।