नेपाली सिनेमाको नयाँ उचाइ ‘मास्टर्नी’, छुटाउनै नहुने चलचित्र: दीपक कुमार मल्होत्रा
काठमाडौँ। IMS Group का अध्यक्ष, प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उद्योगी एवं वरिष्ठ समाजसेवी दीपक कुमार मल्होत्राले हालै प्रदर्शनमा आएको बहुप्रतीक्षित नेपाली चलचित्र ‘मास्टर्नी’ को विशेष प्रिमियर शो अवलोकन गर्नुभएको छ। चलचित्र हेरिसकेपछि उहाँले यसलाई नेपाली सिने जगत्कै एक उत्कृष्ट, थ्रिलिङ र देशैभरिका दर्शकले हलसम्म पुगेर हेर्नैपर्ने चलचित्रको रूपमा प्रशंसा गर्नुभएको छ।
“चलचित्र सुरु भएदेखि अन्त्यसम्मै रोमाञ्च, रहस्य र थ्रिलले पूर्ण रूपमा बाँधेर राख्छ। कथाको प्रस्तुतिकरण निकै प्रभावशाली छ भने हरेक कलाकारले आफ्नो भूमिकामा जीवन्त अभिनय गरेका छन्। व्यक्तिगत रूपमा भन्नुपर्दा, ‘मास्टर्नी’ मैले हेरेका उत्कृष्ट नेपाली चलचित्रहरूमध्ये एक हो। यसले अन्तर्राष्ट्रिय स्तरका थ्रिलर सिनेमाको अनुभूति दिन्छ!”
उहाँका अनुसार नेपाली सिने उद्योगले पनि अब्बल कथा, चुस्त निर्देशन र सशक्त अभिनयमार्फत विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्छ भन्ने बलियो प्रमाण ‘मास्टर्नी’ ले पेस गरेको छ।नेपाली कला, संस्कृति र स्थानीय उद्यमशीलताको निरन्तर प्रवर्द्धन गर्दै आउनुभएका उद्योगी मल्होत्राले सम्पूर्ण चलचित्रप्रेमीहरूलाई सिनेमा घरसम्म पुगेर यो चलचित्र हेर्न जोडदार आग्रह गर्नुभएको छ।
“मेरो सबै नजिकका साथीभाइ, आफन्त तथा प्रियजनहरूलाई विशेष अनुरोध छ—यो अद्भुत चलचित्र नछुटाउनुहोस्। सिनेमा घरसम्मै पुगेर ‘मास्टर्नी’ हेरौँ, नेपाली चलचित्रलाई माया गरौँ र हाम्रा स्वदेशी प्रतिभाहरूलाई हौसला प्रदान गरौँ!”
सिनेमा हलको टिकट बुक गरौँ, आफ्ना मान्छेसँगै ‘मास्टर्नी’ को अद्भुत संसारमा हराऔँ!



प्रतिकृया दिनुहोस्