झापामा मकैबारीभित्र वृद्ध मृत अवस्थामा फेला

झापामा मकैबारीभित्र वृद्ध मृत अवस्थामा फेला

झापा — झापाको बाह्रदशी गाउँपालिकामा एक वृद्ध मकैबारीभित्र मृत अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार बाह्रदशी गाउँपालिका–३ सिमलडाँगी निवासी ६६ वर्षीय रूपकलाल राजवंशी मंगलबार गाउँपालिका–२ स्थित मकैबारीमा मृत अवस्थामा भेटिएका हुन्।

स्थानीयवासीले खेतभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा पुगेको प्रहरी टोलीले मुचुल्का उठाएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

मृत्युको कारण खुल्न बाँकी रहेकाले पोस्टमार्टम रिपोर्टपछि थप विवरण आउने प्रहरीले जनाएको छ।