कीर्तिपुरमा डेरा गरी बस्ने व्यक्तिको कोठाबाट १ लाख २१ हजारको धनमाल चोरी

कीर्तिपुरमा डेरा गरी बस्ने व्यक्तिको कोठाबाट १ लाख २१ हजारको धनमाल चोरी

काठमाडौं, काठमाडौंको कीर्तिपुरमा एक व्यक्तिको कोठाबाट लाखौँ मूल्य बराबरको धनमाल चोरी भएको छ।

कीर्तिपुर नगरपालिका–८ चारधारामा डेरा गरी बस्ने २७ वर्षीय मान बहादुर महराको कोठाबाट गए राति धनमाल चोरी भएको प्रहरीले जनाएको छ। कञ्चनपुर घर भएका महराको कोठाबाट २ थान मोबाइल र नगद गरी करिब १ लाख २१ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हो।

चोरीमा संलग्न व्यक्तिहरू हाल फरार रहेका छन्। प्रहरीले फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।