आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, १९ चैत, मकवानपुर, राक्सिरा गाउँपालिका-७ छुकुन बस्ने २७ वर्षीय रामचन्द्र ब्लोनको घरमा बुधबार साँझ आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ ।

रौतहट, बौधमाई नगरपालिका-३ मटिअर्वा टोल बस्ने बिहारी महतो कोईरीको घरमा गए राति लागेको आगो फैलिएर सोही ठाउँ बस्ने महिन्द्र महतो कोईरीको घरमा समेत आगलागी हुँदा दुबै जनाको गरी करिब १५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

उदयपुर, उदयपुरगढी गाउँपालिका-२ सिर्वानी बस्ने गंग बहादुर तामाङको घरमा विद्युत सर्ट भई बिहीबार बिहान आगलागी हुँदा करिब लाख ३१ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


(स्रोत – नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय)