रूपन्देहीमा कार दुर्घटना, २३ वर्षीय युवकको मृत्यु

रूपन्देहीमा कार दुर्घटना, २३ वर्षीय युवकको मृत्यु

रूपन्देही, १५ चैत – तिलोत्तमा नगरपालिका-१५ मधवलियास्थित सडकमा आइतबार बिहान भएको कार दुर्घटनामा एकजनाको मृत्यु भएको छ।

बुटवलबाट भैरहवातर्फ जाँदै गरेको युपि ५३ बीआर ५८४८ नम्बरको कार अनियन्त्रित भई दुर्घटना हुँदा, कारमा सवार मायादेवी गाउँपालिका सुन्डीका २३ वर्षीय विवेक कुमार बानिया गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि क्रिमसन हस्पिटल, मणिग्राम लगिएको भए पनि उपचारको क्रममा निधन भएको हो।

प्रहरीले हाल फरार कार चालकको खोजी गर्दै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

सावधान: सडकमा सवारी साधन चलाउँदा गति नियन्त्रण र सुरक्षाको पूर्ण ध्यान राख्नु अनिवार्य छ।