छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु


चैत १५ महोत्तरी — सोनमा गाउँपालिका–५ खैरबनी सडकमा दुई मोटरसाइकल ठक्कर खाँदा सोही गाउँपालिका–४ खेस्राहा बस्ने १९ वर्षीय रामजिवन साहको शनिबार दिउँसो मृत्यु भएको छ। गम्भीर घाइते भएका उनलाई आरती अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो। प्रहरीले फरार मोटरसाइकल चालकको खोजी गरिरहेको छ।


गुल्मी — चन्द्रकोट गाउँपालिका–४ रिपास्थित सडकमा लु.१ ज १८३४ नम्बरको जिपको ठक्करबाट ५५ वर्षीया तुलसी थापाको शनिबार राति मृत्यु भएको छ। गम्भीर घाइते भएकी उनलाई लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पामा उपचारको क्रममा ज्यान गएको हो। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


मकवानपुर — भिमफेदी गाउँपालिका–६ एघारघुम्ती सडकमा बा.३ ख ७८७६ नम्बरको हाईस गाडी दुर्घटनामा परेर उदयपुर त्रियुगा–११ संगमचोक बस्ने ८६ वर्षीय गोरे राईको मृत्यु भएको छ। गम्भीर घाइते उनलाई हेटौंडा अस्पताल मकवानपुरमा उपचारको क्रममा ज्यान गएको हो। हाईस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


सिराहा — धनगढीमाई नगरपालिका–६ स्थित सडकमा स.८ प ८५९ नम्बरको मोटरसाइकलको ठक्करबाट ७० वर्षीया उर्मिला देवी महतोको शनिबार साँझ मृत्यु भएको छ। गम्भीर घाइते उनी प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा ज्यान गुमाएकी हुन्। मोटरसाइकल चालकको उपचार आरके मेडिसिटी मुसर्नियामा भइरहेको छ।


चितवन — भरतपुर महानगरपालिका–१२ आस्थाचोकमा बा.प्र.०६–००५ प ७६८० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा सोही महानगरपालिका–३ बेलचोक बस्ने २१ वर्षीय टोन बहादुर आले मगरको आइतबार बिहान मृत्यु भएको छ। अन्य २ जना घाइतेलाई नयाँ मेडिकल कलेज भरतपुर र सरकारी अस्पतालमा उपचार भइरहेको छ।


दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ र सडक सुरक्षा तथा दुर्घटना रोकथाममा सतर्क रहन स्थानीयबासीलाई आग्रह गरेको छ।