रौतहटमा डेढ वर्षीया बालिकाको डुबेर मृत्यु

रौतहटमा डेढ वर्षीया बालिकाको डुबेर मृत्यु


रौतहट — गढीमाई नगरपालिका–१ टोकार टोलमा डेढ वर्षीया अनुष्का कुमारी शनिबार दिउँसो पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएकी छन्। अनुष्का मनोज यादवकी छोरी हुन्।

घटनापछि उनलाई हेल्थ ल्याण्ड हस्पिटल गरूडामा उपचारका लागि लगिएको थियो, तर उपचारकै क्रममा उनको ज्यान गएको अस्पतालले पुष्टि गरेको छ।


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको छ र स्थानीयवासीलाई बालबालिकालाई सुरक्षित राख्न सतर्क रहन सुझाव दिएको छ।