छुट्टाछुट्टै सडक दुर्घटनामा ९ जनाको मृत्यु

छुट्टाछुट्टै सडक दुर्घटनामा ९ जनाको मृत्यु


काठमाडौं — राजधानी आसपासको चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डामा लु.प्र ०१–००१ ख ०३७२ नम्बरको बसले बा.८२ प ८०७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ४५ वर्षीय राम नगरकोटीको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा ज्यान गएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


बारा — जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगंज गुरूङ टोलस्थित सडकमा ना.३० प ७५०१ नम्बरको मोटरसाइकलको ठक्करबाट अन्दाजी ६५ वर्षीय पुरूषको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


नवलपरासी पश्चिम — बर्दघाट नगरपालिका–४ घिउखोलास्थित सडकमा ना.७ ख ९३९८ नम्बरको ट्रकले लु.२ ख २३५१ नम्बरको बस र ना.५ ख २२७५ नम्बरको पिकअपलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा बसमा सवार २५ वर्षीय गोबिन बुढा, अन्दाजी ३५ वर्षीय पुरूष र ट्रक सहचालक २६ वर्षीय नारायण थारू रहेका छन्। घाइते बस चालक र अन्य सवारीमा सवार १२ जनाको उपचार लुम्बिनी सिटी अस्पतालमा भइरहेको छ।


मोरङ — रंगेली नगरपालिका–१ पोखरी टोलमा प्रदेश ०३–००१ त ७१५१ नम्बरको ट्याक्टरको ठक्करबाट ५० वर्षीय पैदलयात्री होली ऋषिदेवको मृत्यु भएको छ। ठक्करपछि गम्भीर घाइते भएका उनको कोशी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


काभ्रे — बनेपा नगरपालिका–३ तिनघरेस्थित सडकमा बा.२ ख ४८९४ नम्बरको बसको ठक्करबाट १६ वर्षीय राजेश तामाङको मृत्यु भएको छ। गम्भीर घाइते उनको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


काभ्रे — बनेपा नगरपालिका–८ स्थित सडकमा बा.१९ च ५७४७ नम्बरको बोलेरोको ठक्करबाट ८० वर्षीय गंगालाल मानन्धरको मृत्यु भएको छ। गम्भीर घाइते उनको शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो। बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


धनुषा — मिथिला विहारी नगरपालिका–४ कजरास्थित सडकमा प्रदेश २–०२–००२ प १९०२ नम्बरको मोटरसाइकलको ठक्करबाट ५ वर्षीय रितिक मुखियाको मृत्यु भएको छ। गम्भीर घाइते उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा ज्यान गएको हो। फरार मोटरसाइकल चालकको खोजी जारी रहेको छ।


दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गर्दैछ। नागरिकहरूलाई सडकमा सतर्क रहन र नियम पालना गर्न प्रहरीले आग्रह गरेको छ।