ठगी र विश्वासघातका फरार अभियुक्त काठमाडौंबाट पक्राउ!

ठगी र विश्वासघातका फरार अभियुक्त काठमाडौंबाट पक्राउ!

काठमाडौं, १३ चैत || ठगी, आपराधिक विश्वासघात र गैरकानुनी लाभसँग सम्बन्धित गम्भीर मुद्दामा फरार रहेका दुई जना अन्ततः प्रहरीको नियन्त्रणमा परेका छन्।


लामो समयदेखि फरार, अन्ततः पक्राउ

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा
– ५८ वर्षीय कृष्ण प्रसाद दंगाल
– २८ वर्षीया सरिता गुनी
रहेका छन्।

उनीहरू ठगी तथा आपराधिक लाभसम्बन्धी मुद्दामा फरार रहँदै आएका थिए।


टेकु टोलीको सफल अपरेशन

जिल्ला अदालत धनुषाको पक्राउ अनुमति पछि सक्रिय बनेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले कागेश्वरी मनोहरा–८ बाट उनीहरूलाई पक्राउ गरेको हो।


अब कानुनी कारबाही अगाडि

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको प्रहरीले जनाएको छ।