ठमेलबाट ‘क्रिप्टो कारोबार’ गर्ने विदेशी नागरिक पक्राउ, करोडौँको लेनदेन खुलासा

ठमेलबाट ‘क्रिप्टो कारोबार’ गर्ने विदेशी नागरिक पक्राउ, करोडौँको लेनदेन खुलासा

काठमाडौं, १२ चैत || काठमाडौंको ठमेल क्षेत्रबाट अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न एक विदेशी नागरिक पक्राउ परेका छन्। यस घटनाले अवैध डिजिटल कारोबारप्रति पुनः ध्यानाकर्षण गराएको छ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–२६ ठमेल बस्दै आएका बंगलादेशको पाबना घर भएका २९ वर्षीय MD SHEHABUL ISLAM लाई बुधबार पक्राउ गरिएको हो।

प्रारम्भिक अनुसन्धानमा उनले ३० लाख ४९ हजार ७ सय ३६ रुपैयाँ ९३ पैसा बराबरको USDT लगायत अभौतिक मुद्राको कारोबार गरेको खुलासा भएको छ।

प्रहरीले उनको साथबाट नगद ६० हजार रुपैयाँ, सिमकार्ड ९ थान, मोबाइल २ थान, विभिन्न बैंकका ७ वटा एटिएम कार्ड, ३३ वटा चेकबुक लगायतका सामग्री बरामद गरेको जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई ठमेलबाट नियन्त्रणमा लिएको हो र घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

नेपालमा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) प्रयोग तथा कारोबार गैरकानुनी भएकाले यस्तो गतिविधिमा संलग्न नहुन प्रहरीको चेतावनी।