ब्रेकिङ: सुर्खेतमा ब्राउनसुगरसहित दुई युवक पक्राउ!

ब्रेकिङ: सुर्खेतमा ब्राउनसुगरसहित दुई युवक पक्राउ!

सुर्खेत,  लागूऔषध विरुद्धको अभियान अन्तर्गत प्रहरीले ठूलो सफलता हात पारेको छ। वीरेन्द्रनगर नगरपालिका–१०, बुदबुदे क्षेत्रबाट ब्राउनसुगर जस्तो देखिने लागूऔषध (२ ग्राम) सहित २ जनालाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेहरूमा ३६ वर्षीय हर्ष सिंह ठकुरी र २२ वर्षीय तुला नेपाली रहेका छन्। सोमबार दिउँसो विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई रंगेहात नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखाको संयुक्त टोलीले चलाएको अपरेशनले फेरि एकपटक लागूऔषध कारोवारविरुद्ध कडाइ भइरहेको संकेत दिएको छ।

पछिल्लो समय सुर्खेत क्षेत्रमा लागूऔषध गतिविधि बढ्दै गएको चर्चा भइरहेका बेला यो पक्राउले ठूलो सन्देश दिएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।