काठमाडौंमा अपार्टमेन्टभित्र जुवा खेल्दै १४ जना रंगेहात पक्राउ!

काठमाडौंमा अपार्टमेन्टभित्र जुवा खेल्दै १४ जना रंगेहात पक्राउ!

काठमाडौं | २ चैत, काठमाडौं महानगरपालिका-१ स्थित ल्याण्डमार्क अपार्टमेन्टको कोठा नम्बर २०६ मा गोप्य रूपमा जुवातास खेलिरहेको अवस्थामा १४ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कागेश्वरी मनहरा नगरपालिका-२ बस्ने ५८ वर्षीय जिबन खड्का समेत रहेका छन्।

प्रहरीका अनुसार, उक्त स्थानमा अवैध रूपमा जुवा खेल भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त दरबारमार्ग बाट खटिएको टोलीले आइतबार राति छापा मारेको थियो।

छापाका क्रममा प्रहरीले जुवातास खेल्न प्रयोग भइरहेको नगद ३ लाख ६० हजार रुपैयाँ र १५ बुक तास समेत बरामद गरेको जनाएको छ।

हाल पक्राउ परेका सबै व्यक्तिहरूलाई नियन्त्रणमा राखी यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस्ता अवैध गतिविधिविरुद्ध सचेत रहौं र खबर शेयर गरौं!