बस धुने क्रममा करेन्ट लागेर युवकको मृत्यु

बस धुने क्रममा करेन्ट लागेर युवकको मृत्यु

रूपन्देही, ३० फागुन — रूपन्देहीमा बस धुने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

Mansur Alam Musalman (२८) को शनिबार बिहान करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनी Lumbini Sanskritik Municipality–६ तेनुहवा निवासी हुन्।

प्रहरीका अनुसार नगरपालिका–९ पिपरामा पार्किङ गरेर राखिएको बस धुने क्रममा बसको छतमाथि रहेको विद्युत तारसँग सम्पर्क हुँदा करेन्ट लागेको थियो। करेन्ट लागेपछि उनी घटनास्थलमै मृत अवस्थामा फेला परेका थिए।