ग्रीस पठाइदिन्छु भन्दै २५ लाख ठगी, एक युवक पक्राउ

ग्रीस पठाइदिन्छु भन्दै २५ लाख ठगी, एक युवक पक्राउ

काठमाडौं, २७ फागुन || वैदेशिक रोजगारीको नाममा आकर्षक तलबको प्रलोभन देखाउँदै ग्रीस पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गर्ने एक युवक पक्राउ परेका छन्।

ललितपुर महानगरपालिका–१ बस्ने, मोरङ पथरी शनिश्चरे नगरपालिका–३ घर भएका २२ वर्षीय सम्योग राईलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनले ३ जना पीडितबाट कुल २५ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए। पीडितहरूको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई ललितपुर–१३ बाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका राईलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

वैदेशिक रोजगारीको नाममा पैसा माग्ने व्यक्तिसँग सावधानी अपनाउन प्रहरीको आग्रह।