काठमाडौं र ललितपुरमा चोरीको श्रृंखला, लाखौंको धनमाल गायब

काठमाडौं र ललितपुरमा चोरीको श्रृंखला, लाखौंको धनमाल गायब

काठमाडौं / ललितपुर, २८ फागुन || काठमाडौं महानगरपालिका–३ बाँसवारीमा डेरा गरी बस्ने दोलखा चरिकोट घर भएकी ३५ वर्षीया दुर्गा क्षेत्रीको कोठाबाट सुनका गरगहना र मोबाइलसहित करिब १० लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल बुधबार दिउँसो चोरी भएको छ।

त्यसैगरी ललितपुर महानगरपालिका–२८ हरिसिद्धिमा टहरो बनाएर बस्ने ओखलढुंगा लिखु गाउँपालिका–७ घर भएका ४० वर्षीय नारायण बहादुर खत्रीको टहरोबाट करिब ९ तोला चाँदी, १ ल्यापटप लगायत करिब १ लाख ४० हजार रुपैयाँ बराबरको सामान चोरी भएको प्रहरीले जनाएको छ।

चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

आफ्नो घर र डेरामा सुरक्षा सतर्कता बढाउन प्रहरीले आग्रह गरेको छ।