सोलुखुम्बुमा होटलभित्र युवक मृत फेला

सोलुखुम्बुमा होटलभित्र युवक मृत फेला

सोलुखुम्बु, २६ फागुन — सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिका–२ सुर्केस्थित होटल एभरेष्टमा एक युवक मृत अवस्थामा फेला परेका छन्।

मृत अवस्थामा फेला पर्नेमा माप्य दुधकोशी गाउँपालिका–१ जुभिङ बस्ने ३० वर्षीय लालविर राई रहेका छन्। उनी सोमबार होटलको कोठाभित्र मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।