मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवतीको मृत्यु

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर युवतीको मृत्यु

सप्तरी, २६ फागुन — सप्तरीको राजगढ गाउँपालिका–५ मलेखपुरकी २७ वर्षीया पञ्चाङ सदाको करेन्ट लागेर मृत्यु भएको छ।

सोमबार दिउँसो मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल, राजबिराज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

घरमा विद्युतीय उपकरण प्रयोग गर्दा विशेष सावधानी अपनाउन प्रहरीको अनुरोध।