पर्सामा ठूलो परिमाणमा गाँजा बरामद — करिब २१३ किलो!

पर्सामा ठूलो परिमाणमा गाँजा बरामद — करिब २१३ किलो!

पर्सा, २६ फागुन — पर्साको जिराभवानी गाउँपालिका–४ पशुबजार नजिकबाट प्रहरीले करिब २ सय १३ किलोग्राम अवैध गाँजा बरामद गरेको छ।

सोमबार राति इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ सुपौली बजारबाट जगरनाथपुरतर्फ आउँदै गरेको मे.१ त ५७१४ नम्बरको ट्याक्टर छोडेर चालक फरार भएका थिए।

प्रहरीले ट्याक्टर तलासी गर्दा २२ वटा प्लाष्टिकको पोकामा राखिएको ठूलो परिमाणको गाँजा फेला पारी बरामद गरेको जनाएको छ।

हाल फरार ट्याक्टर चालकको खोजी भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।