इलाममा जबरजस्ती करणी अभियोगमा ५० वर्षीय पुरुष पक्राउ

इलाममा जबरजस्ती करणी अभियोगमा ५० वर्षीय पुरुष पक्राउ

इलाम नगरपालिका-९, शेरा १९ फागुन || इलाममा २० वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन्।

पक्राउ पर्नेमा इलाम नगरपालिका-९ शेरा बस्ने ५० वर्षीय ज्ञान बहादुर चौहान रहेका छन्। पीडित महिलाले दिएको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यस्ता गम्भीर अपराधविरुद्ध कानुनी कारबाही कडा हुने जनाइएको छ। कुनै पनि हिंसा वा दुव्र्यवहार भए तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी दिन आग्रह गरिएको छ।