उदयपुरमा सुन–चाँदीका गरगहना चोरी

उदयपुरमा सुन–चाँदीका गरगहना चोरी

उदयपुर, ९ फागुनकटारी नगरपालिका-४ जहडी बस्ने ४२ वर्षीया निरमाया दनुवारको घरबाट सुन तथा चाँदीका गरगहना चोरी भएको छ।

शुक्रबार राति अज्ञात व्यक्तिहरूले घरमा प्रवेश गरी करिब ३ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ।

घटनापछि नेपाल प्रहरी ले चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी कार्य तीव्र पारेको छ। साथै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।