सुर्खेतमा जुवाको खालबाट ६ जना पक्राउ — नगद १ लाख ७४ हजार बरामद!

सुर्खेतमा जुवाको खालबाट ६ जना पक्राउ — नगद १ लाख ७४ हजार बरामद!

सुर्खेत, जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई रंगेहात पक्राउ गरेको छ।

वीरेन्द्रनगर नगरपालिका–४, कुमाई चोक बस्ने ५० वर्षीय सुरज सापकोटाको घरमा जुवातास खेलिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले बुधबार साँझ छापा मारेको थियो।

छापामार कारबाहीका क्रममा सुरज सापकोटा सहित ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूबाट नगद १ लाख ७४ हजार ६० रुपैयाँ, विभिन्न बैंकका २ थान चेक१० बुक तास बरामद गरिएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

स्थानीयस्तरमै जुवाखाल सञ्चालन भइरहेको खुलेपछि क्षेत्रमा हलचल मच्चिएको छ। प्रहरीले अवैध गतिविधि नियन्त्रणका लागि निगरानी बढाइएको जनाएको छ।