विराटनगरमा ४२० किलो गाँजा बरामद, चालक फरार

विराटनगरमा ४२० किलो गाँजा बरामद, चालक फरार

पुलचोक सडकमा प्रहरीको ठुलो कारबाही

मोरङ — विराटनगर महानगरपालिका-५ पुलचोकस्थित सडकबाट प्रहरीले करिब ४२० किलो अवैध गाँजा बरामद गरेको छ।

वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले बा.८ च ६५०८ नम्बरको स्कार्पियो गाडीमा रहेको गाँजा फेला पारी बरामद गरेको हो।

हाल गाडी चालक फरार रहेको छ, र प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको छ।