अवैध लागूऔषध सहित १६ जना पक्राउ, प्रहरीको विशेष कारबाही

अवैध लागूऔषध सहित १६ जना पक्राउ, प्रहरीको विशेष कारबाही

काठमाडौं महानगरपालिका-९ तिलगंगाबाट ४ किलो गाँजा सहित लालबहादुर तामाङ पक्राउ परे। प्रहरीको थप तलासीमा उनको कोठाबाट अर्को ४ किलो गाँजा बरामद भयो।

यसैगरी:

  • चन्द्रागिरी, काठमाडौं: ५ किलो गाँजा, २५० ट्रामाडोल ट्याब्लेट र २ लाख ६२ हजार नगदसहित ५६ वर्षीया संच माया तामाङ पक्राउ।

  • बारा, मुसहर्वा चोक: ब्राउनसुगर जस्तो पदार्थ ९७० मिलिग्राम सहित १८ वर्षीय किशोर पक्राउ।

  • बारा, जीतपुरसिमरा: अफिम जस्तो पदार्थ ७ सय ग्राम सहित दुईजना पक्राउ।

  • पोखरा, कास्की: ब्राउनसुगर जस्तो पदार्थ करिब ५ ग्रामसहित ३६ वर्षीय टोप बहादुर क्षेत्री पक्राउ।

  • टीकापुर, कैलाली: खैरो हेरोइन जस्तो पदार्थ ९०० मिलिग्राम सहित २० वर्षीय सरोज तिरूवाल पक्राउ।

  • भद्रपुर, झापा: ब्राउनसुगर ९ ग्राम ५ सय ८० मिलिग्राम सहित पाँच जना पक्राउ, मोटरसाइकल समेत बरामद।

  • बेलौरी, कञ्चनपुर: खैरो हेरोइन १.०४ ग्रामसहित दुईजना पक्राउ।

  • बाँके, खजुरा: ब्राउनसुगर ४१० मिलिग्रामसहित दुईजना पक्राउ।

प्रहरीले विभिन्न जिल्लाबाट अवैध लागूऔषधका गतिविधिमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्दै नियमित अनुगमन र अनुसन्धान जारी राखेकोजनाएको छ।