प्रहरी र सञ्चारकर्मीबीच अपराध अनुसन्धान र शान्ति सुरक्षामा अन्तरक्रिया सम्पन्न
काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी महानिरीक्षक दान बहादुर कार्की को प्रमुख आतिथ्यतामा अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका विषयक एकदिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
मुख्य बुँदा
-
प्रहरी–सञ्चार माध्यमबीच विश्वास, निष्पक्षता र सहयोगमा जोड।
-
डिजिटल युगमा Misinformation, Disinformation र Deepfake का चुनौतीहरू र समाधानबारे विश्लेषण।
-
कार्यक्रमले अपराध अनुसन्धान, शान्ति सुरक्षा र राष्ट्रिय सुरक्षामा सञ्चार माध्यमको प्रभावकारी भूमिका स्पष्ट बनाउने उद्देश्य राख्यो।
-
सहभागीहरूले साझा चुनौती, नैतिक द्विविधा र जिम्मेवार सूचना प्रवाहका उपायहरूमा वृहत छलफल गरे।
विशेष अतिथिहरू
-
वरिष्ठ पत्रकार लक्ष्मण हुमागाँई, प्रतिक प्रधान
-
अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रकाश अर्याल
-
अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्र बहादुर शाह
-
नेपाल पत्रकार महासंघ अध्यक्ष निर्मला शर्मा
-
प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर
उद्देश्य
-
प्रहरी र सञ्चारकर्मीबीच सम्पर्क र समझदारी मजबुत बनाउने
-
अपराध अनुसन्धान र शान्ति सुरक्षामा सत्य र जिम्मेवार सूचना प्रवाह सुनिश्चित गर्ने
-
सार्वजनिक धारणा र अपराध अनुसन्धान प्रक्रियामा सञ्चारको प्रभावको विश्लेषण र समाधान निकाल्ने
“सत्यको खोजी र जिम्मेवार सूचना प्रवाह हाम्रो साझा लक्ष्य हो। प्रहरी र सञ्चार माध्यमको सहकार्यले समाजमा शान्ति, सुरक्षा र विश्वास बढाउँछ।” (फोटो – नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय)



प्रतिकृया दिनुहोस्