विद्यालय कर्मचारीको एकतामा नयाँ ऊर्जा! लुम्बिनी प्रदेशमा परिषद्को ऐतिहासिक भेला सम्पन्न

विद्यालय कर्मचारीको एकतामा नयाँ ऊर्जा! लुम्बिनी प्रदेशमा परिषद्को ऐतिहासिक भेला सम्पन्न

दाङ — नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले पहिलो पटक आयोजना गरेको तथा लुम्बिनी प्रदेश स्तरीय दोस्रो जागरण अभियान अन्तर्गतको प्रदेश स्तरीय भेला दाङमा भव्य रूपमा सम्पन्न भएको छ।

राष्ट्रिय समितिको मिति २०८२/०९/१२ को निर्णयअनुसार सम्पन्न भेलाले नेतृत्व क्षमता अभिवृद्धि र संगठन सुदृढीकरण लाई मुख्य लक्ष्य बनाएर विद्यालय कर्मचारी आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने स्पष्ट सन्देश दिएको छ।

अनुशासित सञ्चालन, प्रभावकारी नेतृत्व
कार्यक्रमको सञ्चालन प्रदेश कमिटी सचिव दुधराज चौधरी ले गर्नुभएको थियो भने सभापतित्व प्रदेश कमिटी अध्यक्ष गोविन्द घर्ती ले गर्नुभयो।
प्रमुख अतिथिमा राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारी, विशेष अतिथिमा महासचिव शान्ति नाथ योगी तथा उपमहासचिव डाम्बर ओली, रासस मीनेश श्रेष्ठ लगायतका केन्द्रीय पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

त्यस्तै, दाङ, कपिलवस्तु, बर्दिया, रुपन्देही, बाँके लगायत जिल्लाका अध्यक्षहरू तथा स्थानीय तहस्तरीय कमिटीका अध्यक्ष/प्रतिनिधिहरूको सक्रिय सहभागिताले भेलालाई अझ सशक्त बनाएको थियो।

समीक्षा, संकल्प र स्पष्ट निर्णय
भेलामा स्थानीय तहस्तरीय कमिटीका निर्णय कार्यान्वयन नहुनु नै प्रमुख समस्याका रूपमा औंल्याउँदै संगठनलाई थप सुदृढ बनाउने स्पष्ट निर्णयगरिएको छ।
लुम्बिनी प्रदेश अन्तर्गतका सम्पूर्ण कमिटी माघ मसान्तभित्र गठन गर्ने महत्वपूर्ण निर्णयले संगठन विस्तारलाई तीव्रता दिने विश्वास गरिएको छ।

आगामी कार्यक्रम अझ सशक्त
यही माघ १७ गते मधेस प्रदेशको मलङगवा२४ गते विराटनगर मा हुने कार्यक्रमलाई अझ प्रभावकारी र सशक्त रूपमा अघि बढाउने निर्णयसमेत भेलाले गरेको छ।

अधिकार र सेवासुविधामा दृढ अडान
हालसम्म भएका सहमतिहरू कार्यान्वयन नभएको तथा स्थानीय सरकारले सेवा–सुविधा उपलब्ध नगराएका पालिकाहरूप्रति औपचारिक अनुरोध र रिपोर्टिङ प्रक्रिया अघि बढाउने विषयमा स्थानीय तहका अध्यक्षहरूले धारणा राखेका थिए।
यस विषयमा राष्ट्रिय समितिका अध्यक्ष र महासचिवले स्पष्ट र आश्वस्त पार्ने जवाफ दिँदै संगठन एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रशिक्षणले थप्यो आत्मविश्वास
‘नेतृत्व क्षमता विकास’ विषयमा अध्यक्ष गंगाराम तिवारी र ‘संगठन सुदृढीकरण’ विषयमा महासचिव शान्ति नाथ योगी ले प्रशिक्षणमूलक धारणा राख्दै कार्यकर्तामा नयाँ ऊर्जा भरेका थिए।

सकारात्मक सन्देश प्रवाहमा जोड
राष्ट्रिय समितिले गरेका हरेक गतिविधिको सकारात्मक सन्देश देशभर प्रवाह गर्ने र भएका कार्यक्रमहरूको प्रभावकारिता थप मजबुत बनाउने निर्णय गर्दै भेला सम्पन्न भएको छ।

एकता, नेतृत्व र संगठन—विद्यालय कर्मचारी आन्दोलनले लुम्बिनीबाट नयाँ गति लिएको स्पष्ट संकेत देखिएको छ।