निर्वाचन अभियानमा प्रविधिको क्रान्ति: ‘माईअभियान’ डिजिटल प्लेटफर्म सार्वजनिक
काठमाडौँ । निर्वाचन प्रणालीलाई प्रविधिमैत्री बनाउँदै चुनावी अभियानलाई नयाँ उचाइमा पु¥याउने उद्देश्यसहित ‘माईअभियान’ (MyAbhiyan)नामक अत्याधुनिक डिजिटल प्लेटफर्म सार्वजनिक गरिएको छ।
www.myabhiyan.com मार्फत सञ्चालन हुने यस प्लेटफर्मले उम्मेदवारको निर्वाचन अभियानलाई पूर्ण रूपमा डिजिटलाइज गर्ने लक्ष्य लिएको छ। मतदाता बुझाइदेखि लिएर डिजिटल सञ्चार, सामाजिक सञ्जाल पोष्टिङ, मतदाता विश्लेषण, एआई–आधारित सन्देश प्रणालीसम्मका सबै सुविधा एउटै प्लेटफर्ममा समेटिएको छ।
डेटामा आधारित चुनावी रणनीति
‘एकाई बेरी टेक्नोलोजी प्रालि’ले विकास गरेको यो प्लेटफर्मले निर्वाचन क्षेत्रको जनसाङ्ख्यिकी, अघिल्ला चुनावी नतिजा, र मतदाताको राजनीतिक झुकावको गहिरो विश्लेषण गर्ने सुविधा प्रदान गर्दछ। यसले दोधारमा रहेका मतदातालाई समर्थकमा रूपान्तरण गर्न रणनीतिक वातावरण तयार गर्न सहयोग पु¥याउने कम्पनीले जनाएको छ।
वडादेखि मतदान केन्द्रसम्म डिजिटल व्यवस्थापन
‘माईअभियान’ प्लेटफर्मले वडा तहदेखि मतदान केन्द्रसम्मको सम्पूर्ण विवरणलाई डेटा–आधारित प्रणालीमार्फत व्यवस्थित गरी उम्मेदवार र टिमलाई सजिलै पहुँचयोग्य बनाउनेछ।
एआई प्रविधिद्वारा स्मार्ट चुनावी अभियान
कम्पनीका प्रबन्ध निर्देशक प्रशान्त कार्कीका अनुसार उम्मेदवारलाई आवश्यक सबै रणनीतिक उपकरण एउटै छातामुनि समेटिएकाले, कार्यकर्ता र स्वयंसेवकलाई डिजिटल माध्यमबाटै जिम्मेवारी दिनु र उनीहरूको कार्यप्रगतिको प्रत्यक्ष अनुगमन गर्न ‘माईअभियान’ अत्यन्त उपयोगी हुनेछ।
कम्पनीले एआई प्रविधिमा आधारित यो स्मार्ट प्लेटफर्मले आसन्न निर्वाचनलाई सहज, व्यवस्थित र परिणाममुखी बनाउने विश्वास लिएको छ।
अब चुनाव भाषणमा होइन, डेटा र प्रविधिमा आधारित अभियानमा निर्भर हुनेछ
निर्वाचनको भविष्य अब ‘माईअभियान’सँगै डिजिटल



प्रतिकृया दिनुहोस्