सुशीला कार्की सरकार अपदस्त गर्ने लक्ष्यसहित संयुक्त जेनजीआन्दोलन घोषणा, पौष ७ गते माइतीघरबाट सुरु हुने

सुशीला कार्की सरकार अपदस्त गर्ने लक्ष्यसहित संयुक्त जेनजीआन्दोलन घोषणा, पौष ७ गते माइतीघरबाट सुरु हुने

काठमाडौँ सुशीला कार्की नेतृत्वको सरकार अपदस्त गर्दै सर्वपक्षीयसरकार निर्माण र संविधान पुनर्लेखनको मागसहित संयुक्त जेनजीआन्दोलन औपचारिक रूपमा घोषणा गरिएको छ। आन्दोलन आगामीपौष ७ गते माइतीघर मण्डलाबाट सुरु हुने जनाइएको छ।

आन्दोलनको नेतृत्व संरचनाअनुसार मिराज ढुङ्गाना संयोजकतोकिएका छन् भने आन्दोलन कमान्डरको जिम्मेवारी सुनिल सिंहठकुरीलाई दिइएको छ। यस्तै, विजय शाह, जितेन्द्र प्रताप सिंह, विकेस शाह, अजय सोडारी र प्रकाश रावल सहसंयोजक रहेका छन्।आन्दोलनका आधिकारिक धारणा सार्वजनिक गर्ने जिम्मेवारी प्रवक्ताबीरजङ विश्वकर्मा र प्रकाश शर्मालाई दिइएको छ।

आन्दोलनको औपचारिक घोषणा पौष ६ गते काठमाडौँको भोजनगृहमा आयोजित कार्यक्रममार्फत गरिएको थियो। उक्त कार्यक्रममाआन्दोलनका अगुवा रवि किरण हमालले वर्तमान राजनीतिक व्यवस्थादेशलाई गहिरो संकटतर्फ धकेलिरहेको दाबी गर्दै निर्णायक संघर्षकोचरणमा प्रवेश गरिएको घोषणा गरे। उनले मुलुकलाई राजनीतिक, संवैधानिक र नैतिक संकटबाट मुक्त गराउन अब सडकबाट दबाबसिर्जना गर्न आवश्यक भएको उल्लेख गर्दै निर्णायक संघर्षमा साथ दिनसबै देशवासीलाई अपिल गरेका छन्।

आन्दोलन घोषणासँगै वर्तमान सरकार जनआकांक्षाविपरीत दिशामाअघि बढिरहेको, राज्यसंयन्त्र असफल बन्दै गएको र संविधानमा रहेकोशासकीय स्वरूपले जनताको वास्तविक भावना तथा आवश्यकतालाईसम्बोधन गर्न नसकेको आरोप लगाइएको छ। विद्यमान राजनीतिकसंरचना र संविधानकै कारण मुलुक दीर्घकालीन राजनीतिक रसंवैधानिक संकटमा फस्दै गएको ठहर आन्दोलनकारीहरूको छ।

संयुक्त जेनजी आन्दोलनले शान्तिपूर्ण तर निर्णायक संघर्षमार्फतराजनीतिक निकास खोज्ने दाबी गर्दै माइतीघरबाट सुरु हुनेआन्दोलनलाई चरणबद्ध रूपमा देशव्यापी बनाइने जनाएको छ।विभिन्न क्षेत्र, वर्ग र पृष्ठभूमिका युवाहरू तथा नागरिकहरूको सक्रियसहभागितासहित आन्दोलनलाई नयाँ राजनीतिक दिशाको आधारबनाइने आयोजकहरूको भनाइ छ।


SOURCE : Rabi Kiran