आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, २० फागुन

पर्सा, पर्सागढी नगरपालिका-२ बगवाना बस्ने बिगानाथ चौधरीको सोही ठाउँस्थित पार्किङ गरी राखेको ना.४ ख.३४६५ नम्बरको बसमा सोमबार दिउँसो आगलागी हुँदा करिब १० लाख रूपैयाँ बराबरको क्षति भएको छ ।

बारा, तपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाई मन्दिर नजिकै सडकमा सिमराबाट हेटौडातर्फ जादै गरेको बा.प्र.०१-०२५ च ०७८५ नम्बरको पिकअप गाडमा वाईरिङको तार सर्ट भई मंगलार बिहान आगलाग हुँदा गाडको अगाडिको भाग जलेर करिब १० लाख १० हजार रूपैयाँ बराबरको क्षति भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)