आजको राशिफल – २०८२ फागुन २ गते | १४ फेब्रुअरी २०२६, शनिवार

आजको राशिफल – २०८२ फागुन २ गते | १४ फेब्रुअरी २०२६, शनिवार

मेष (Aries)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज अरूले तपाईंको मेहनतबाट लाभ उठाउन सक्छन्, त्यसैले सतर्क रहनु आवश्यक छ। स्वास्थ्यमा सामान्य कमजोरी महसुस हुन सक्छ। सकारात्मक सोच राख्दा भाग्यले साथ दिनेछ। जीवनसाथी वा घनिष्ठ मित्रको सहयोग प्राप्त हुनेछ। आय सामान्य रहनेछ तर निरन्तर प्रयासले बिग्रिएका काम सुधार्न सकिनेछ। सेवा र सहयोगका कार्यमा रुचि बढ्ने संकेत छ।


वृष (Taurus)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
कामको व्यस्तता बढ्न सक्छ र शरीर थकित महसुस हुन सक्छ। गोपनीय विषय बाहिरिएमा समस्या आउन सक्छ, त्यसैले सतर्कता अपनाउनुहोस्। स्वास्थ्यका लागि खानपानमा ध्यान दिनुहोला। काममा अपेक्षित नतिजा ढिला आउन सक्छ। समय व्यवस्थापन राम्रो नगरे योजना अधूरा रहन सक्छन्।


मिथुन (Gemini)

का, कि, कु, घ, ङ, छ, के, को, ह
पहिलाका सफलताले उत्साह थप्नेछ। नयाँ अवसरहरू प्राप्त हुन सक्छन् र साथ दिने व्यक्तिहरू बढ्नेछन्। आर्थिक लाभको संकेत छ। टाढिएका आफन्तसँग पुनर्मिलन हुन सक्छ। प्रेम र मित्रता बलियो बन्नेछ। लगनशीलताले दीर्घकालीन लक्ष्य पूरा गर्ने अवसर मिल्नेछ।


कर्कट (Cancer)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो
स्वास्थ्य सुदृढ रहनेछ र काममा ऊर्जा बढ्नेछ। चुनौतीहरू पार गर्दै सफलता हात पार्न सकिनेछ। प्रतिस्पर्धामा अग्रता मिल्नेछ। व्यापारिक योजना प्रारम्भ गर्न उपयुक्त समय छ। यात्रामा खर्च बढ्न सक्छ। आफ्ना उपलब्धिहरू गोप्य राख्नु बुद्धिमानी हुनेछ।


सिंह (Leo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे
समयअनुसार चल्न नसक्दा पछि पर्न सकिन्छ। अरूले तपाईंको कामबाट लाभ लिन सक्छन्। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ। अध्ययन र एकाग्रतामा कमी देखिन सक्छ। पुराना उपलब्धिहरू जोगाउन सफल भइनेछ र आर्थिक अवस्था स्थिर रहनेछ।


कन्या (Virgo)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो
हतारमा लिइएको निर्णयले समस्या निम्त्याउन सक्छ। आफ्नै नजिकका व्यक्तिबाट अवरोध आउन सक्छ। वचन दिँदा सजग रहनुहोला। साझेदारीमा असमझदारी बढ्न सक्छ। धैर्य र विवेकले मात्र परिस्थितिलाई सम्हाल्न सकिनेछ।


तुला (Libra)

र, रि, रु, रे, रो, ता, ति, तु, ते
सहयोगीहरूको साथले काम सफल हुनेछ। प्रतिस्पर्धामा जित हात लाग्नेछ। उद्योग र व्यापारमा लाभको संकेत छ। प्रयासको फल छिट्टै प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा सकारात्मक परिवर्तन ल्याउनेछ।


वृश्चिक (Scorpio)

तो, ना, नि, नु, ने, नो, या, यि, यु
अवसर हुँदाहुँदै पनि आत्मविश्वासको कमीले पछि पर्न सकिन्छ। बोलीमा सावधानी अपनाउनु आवश्यक छ। सानो गल्तीले ठूलो मौका गुम्न सक्छ। कठिन परिस्थितिमा संयमता अपनाउँदा समाधान भेटिनेछ।


धनु (Sagittarius)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रशंसनीय कार्य सम्पन्न हुने संकेत छ। ज्ञान र व्यक्तित्व विकासका लागि राम्रो समय छ। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। आकर्षक अवसरहरूले साथ दिनेछन्। लक्ष्यअनुसार काम समयमै पूरा हुनेछ।


मकर (Capricorn)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि
समय व्यवस्थापनमा कमजोरी देखिन सक्छ। अवसरका लागि बढी प्रयास गर्नुपर्नेछ। अनपेक्षित खर्चले चिन्ता बढाउन सक्छ। तत्काल फाइदाभन्दा दीर्घकालीन सोच आवश्यक छ। मिहिनेतअनुसार फल अलि कम मिल्न सक्छ।


कुम्भ (Aquarius)

गु, गे, गो, सा, सि, सु, से, सो, द
आयका स्रोत बढ्ने संकेत छ। व्यापारमा फाइदा हुने सम्भावना छ। नयाँ दिगो योजना सुरु गर्न उपयुक्त समय छ। प्रयासअनुसार राम्रो नतिजा प्राप्त हुनेछ। प्रशंसनीय कार्यले प्रतिष्ठा बढाउनेछ।


मीन (Pisces)

दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सम्मानजनक अवसर प्राप्त हुन सक्छ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। पद र प्रतिष्ठा बढ्ने संकेत छ। सामाजिक कार्यमा अग्रसर भइनेछ। छोटो समयमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ।