आजको राशिफल – २०८२ माघ २५ गते आइतवार
मेष – ARIES
(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन लाभदायक र रमाइलो रहनेछ। प्रियजनसँग भेटघाटको अवसर मिल्नेछ। आम्दानी बढाउने नयाँ कामको सुरुवात हुन सक्छ। प्रेम र मित्रतामा आत्मीयता बढ्नेछ। काममा आफन्त तथा साथीभाइको राम्रो साथ पाइनेछ। परिवारको सहयोगले उत्साह थपिनेछ।
वृष – TAURUS
(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खर्च केही बढे पनि आवश्यक भौतिक साधन जुट्नेछन्। मेहनतले नयाँ अवसर दिलाउनेछ। बुद्धिको सही प्रयोगले प्रतिष्ठा जोगाउन सकिनेछ। विरोधीहरू आफैं कमजोर हुनेछन्। भविष्यका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। यात्रा सम्बन्धी योजना अघि बढ्नेछ।
मिथुन – GEMINI
(का, कि, कु, घ, ङ, छ, के, को, ह)
अवसर त मिल्नेछ तर फाइदा लिन केही संघर्ष गर्नुपर्ने देखिन्छ। अपेक्षित नतिजा कमजोर हुन सक्छ। सहयोगीहरूले साथ दिनेछन् भने ईर्ष्यालु व्यक्तिहरूले अवरोध पुर्याउन सक्छन्। गुरुजनको सल्लाह उपयोगी हुनेछ। निरन्तर प्रयासले काम बन्नेछ।
कर्कट – CANCER
(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कामको मूल्यांकन राम्रो भए पनि प्रतिफल पाउन समय लाग्न सक्छ। अरूको भर पर्दा पछि परिने सम्भावना छ। रोकिएका काम दोहोर्याएर प्रयास गर्दा सफलता मिल्नेछ। परिवारको सहयोग उपयोगी हुनेछ। गोप्य योजना सार्वजनिक नगर्नु उचित हुन्छ।
सिंह – LEO
(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रयत्न गर्दा ठूलो सफलता प्राप्त हुनेछ। छोटो समयमा राम्रो उपलब्धि हात लाग्नेछ। सहयोगी र स्रोत–साधन जुट्नेछन्। मेहनतको उचित प्रतिफल मिल्नेछ। नयाँ कार्यशैलीले लोकप्रियता बढाउनेछ। प्रतिस्पर्धीहरू पनि सहयोगी बन्न सक्छन्।
कन्या – VIRGO
(टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समयमै काम पूरा नगर्दा आलोचना हुन सक्छ। बोलीचालीमा संयम अपनाउनुहोला। अपेक्षित आर्थिक उपलब्धि नदेखिए पनि ज्ञान र सीप बढाउने अवसर मिल्नेछ। योजना गोप्य राखेर अघि बढ्नु राम्रो हुन्छ। अध्ययनमा समय कम दिनुपर्ने देखिन्छ।
तुला – LIBRA
(र, रि, रु, रे, रो, ता, ति, तु, ते)
राम्रो कामको प्रशंसा हुनेछ। उपहार वा सुखद समाचारले मन प्रफुल्लित हुनेछ। टाढिएका आफन्तसँग भेट हुन सक्छ। पहिरन र व्यक्तित्वमा आकर्षण बढ्ने समय छ। स्वास्थ्यप्रति ध्यान दिनु आवश्यक छ। काम दोहोर्याएर सुधार गर्नुपर्ने हुन सक्छ।
वृश्चिक – SCORPIO
(तो, ना, नि, नु, ने, नो, या, यि, यु)
खर्च बढ्ने सम्भावना छ, आर्थिक व्यवस्थापनमा ध्यान दिनुहोला। लेनदेनबाट अपेक्षित फाइदा नहुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। यात्रा गर्ने अवसर आउन सक्छ। भविष्यका लागि लगानीको मौका भने प्राप्त हुनेछ।
धनु – SAGITTARIUS
(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आम्दानी बढ्ने र धन आर्जन हुने समय छ। मेहनतको राम्रो प्रतिफल प्राप्त हुनेछ। व्यापारमा उल्लेखनीय प्रगति देखिनेछ। लेनदेन र सट्टापट्टामा लाभ हुनेछ। अड्किएको रकम फिर्ता हुन सक्छ। लक्ष्य प्राप्तितर्फ अघि बढ्नुहुनेछ।
मकर – CAPRICORN
(भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मेहनतले जिम्मेवारी र पद प्राप्त हुने योग छ। प्रतिष्ठा बढ्ने काममा संलग्न हुन सक्नुहुनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। भूमि, वाहन वा पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ।
कुम्भ – AQUARIUS
(गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्वास्थ्य कमजोर रहन सक्छ, त्यसैले सावधानी आवश्यक छ। सहयोगको अपेक्षा गरेका व्यक्तिहरू पछि हट्न सक्छन्। काममा अवरोध आए पनि निरन्तरता दिन सकिनेछ। व्यस्तताले समय खेर जान सक्छ। भविष्यका सम्भावनाहरू खोज्ने समय हो।
मीन – PISCES
(दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
तत्काल ठूलो लाभ नदेखिए पनि भविष्यका लागि काम गर्ने समय हो। उपलब्धिका लागि धैर्य गर्नुपर्नेछ। कामको चाप बढ्न सक्छ। स्वास्थ्य र आर्थिक पक्ष केही कमजोर देखिन्छ। मेहनतको प्रतिफल ढिलो भए पनि अवश्य प्राप्त हुनेछ।



प्रतिकृया दिनुहोस्