आजको दैनिक भविष्यफल – माघ २१ गते | ४ फेब्रुअरी २०२६, बुधवार
मेष (ARIES)
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आफन्त तथा शुभेच्छुकको साथले काम गर्ने जोश बढ्नेछ। रमाइला खबरले दिनभर सकारात्मक ऊर्जा रहनेछ। अध्ययन र बौद्धिक क्रियाकलापमा रुचि बढ्नेछ भने लेखन तथा अभिव्यक्तिमा निखार आउनेछ। प्रतिष्ठित क्षेत्रमा अवसर मिल्ने संकेत छ। व्यापार, कृषि तथा पशुपालनबाट फाइदा हुनेछ। अल्झिएका काम पूरा भई नयाँ योजनातर्फ ध्यान जानेछ।
वृष (TAURUS)
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अरूको भर पर्नु आज हानिकारक हुन सक्छ। खर्चभन्दा बचततर्फ ध्यान दिनु राम्रो हुनेछ। अरूलाई दिन सोचिएको धन आफैंलाई आवश्यक पर्न सक्छ। परिश्रमको प्रतिफल राम्रै पाइनेछ। कसैको व्यवहारले शंका उत्पन्न गरे पनि अनुभवी व्यक्तिको सल्लाहले सही बाटो देखाउनेछ। थाँती रहेका काम अघि बढ्ने दिन हो।
मिथुन (GEMINI)
का, कि, कु, घ, ङ, छ, के, को, ह
आवश्यक साधन जुटेपछि दीर्घकालीन काम सुरु गर्न सकिनेछ। साहसिक निर्णयले राम्रो फाइदा दिलाउनेछ। नयाँ योजना कार्यान्वयनतर्फ जाने समय हो। विश्वास जित्न समय लागे पनि पछि ठोस लाभ मिल्नेछ। पहिले विरोध गर्नेहरू नै सहयोगी बन्न सक्छन्। प्रतिस्पर्धामा सफलता हात पर्नेछ।
कर्कट (CANCER)
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आम्दानीका स्रोत बलिया हुनेछन्, जसले आवश्यक सुविधा जुटाउन मद्दत गर्नेछ। अध्ययन र सिर्जनात्मक लेखनमा प्रगति देखिनेछ। बोली र सोचको प्रशंसा बढ्नेछ। सहयोगीहरूको साथ प्राप्त हुनेछ। व्यापार विस्तारसँगै नाफा बढ्नेछ। मेहनतले सम्मान र नयाँ जिम्मेवारी दिलाउन सक्छ।
सिंह (LEO)
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सामाजिक भेटघाट र जमघटमा सहभागी हुने मौका मिल्नेछ। परिश्रमको राम्रो परिणाम देख्दा आत्मबल बढ्नेछ। सम्मान र प्रतिष्ठा कमाउने अवसर छ। सहकर्मीहरूको सहयोगले नयाँ काम सहज बन्नेछ। विशिष्ट व्यक्तिसँगको भेट लाभदायक हुनेछ। उपहार, प्रेम र मित्रताको सम्बन्ध अझ मजबुत बन्ने समय हो।
कन्या (VIRGO)
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अवसर खोज्न केही दौडधुप गर्नुपर्ने देखिन्छ। अचानक खर्च बढ्दा आर्थिक दबाब महसुस हुन सक्छ। आवश्यक परे ऋणमार्फत स्रोत जुट्नेछ। ठूला फाइदा नभए पनि आत्मसम्मान जोगाउन सकिनेछ। सुरुमा खर्च लागे पनि पछि स्थायी आम्दानी दिने काम भेटिनेछ। यात्रा र समाजसेवामा संलग्न हुने योग छ।
तुला (LIBRA)
र, रि, रु, रे, रो, ता, ति, तु, ते
आम्दानीमा वृद्धि भई उत्साह थपिनेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा उल्लेखनीय प्रगति हुनेछ। छोटो समयमै उपलब्धि हासिल गर्न सकिनेछ। रोकिएका काम अघि बढ्नेछन् र जिम्मेवारी पनि बढ्न सक्छ। साझेदारीबाट लाभ मिल्नेछ। सञ्चित धन सही ठाउँमा प्रयोग हुँदा फाइदा हुनेछ।
वृश्चिक (SCORPIO)
तो, ना, नि, नु, ने, नो, या, यि, यु
कामका क्रममा प्रभावशाली व्यक्तिसँग सहकार्यको मौका मिल्नेछ। विगतका कमजोरी सुधार्ने अवसर प्राप्त हुनेछ। दीर्घकालीन फाइदा दिने काम सुरु हुन सक्छ। परिश्रमले नाम, दाम र सम्मान दिलाउने संकेत छ। सामाजिक दायित्व बढ्नेछ र नेतृत्वको भूमिका हात लाग्न सक्छ।
धनु (SAGITTARIUS)
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मेहनतले पद तथा जिम्मेवारी बढाउनेछ। विशेष अवसरले मन प्रसन्न रहनेछ। टाढिएका मित्रहरूसँग पुनः सम्पर्क बढ्नेछ। भाग्यले नयाँ ढोका खोल्नेछ। आध्यात्मिक सोच बलियो भई परोपकारमा रुचि बढ्नेछ। प्रशंसा, सम्मान र सफलता प्राप्त गर्ने समय हो।
मकर (CAPRICORN)
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
कामकाजमा अनपेक्षित अवरोध आउन सक्छ। स्वास्थ्य र आर्थिक पक्षले केही चिन्ता दिन सक्छ। व्यवसायमा थप लगानीको आवश्यकता देखिन सक्छ। अपरिचितको कुरा पत्याउँदा नोक्सानी हुन सक्छ। दबाबमा निर्णय गर्नुपर्ने अवस्था आउन सक्छ, त्यसैले सचेत रहनु जरुरी छ।
कुम्भ (AQUARIUS)
गु, गे, गो, सा, सि, सु, से, सो, द
नयाँ सम्भावना देखिए पनि गलत व्यक्तिमाथि भरोसा गर्दा समस्या आउन सक्छ। गोप्य कुरा बाहिरिँदा अप्ठ्यारो पर्न सक्छ। केही समय धैर्य गर्नु बुद्धिमानी हुनेछ। कामको चाप घटेर फुर्सद मिल्नेछ। सुरुमा खर्च भए पनि व्यवसायबाट आम्दानी आउनेछ। परिवारको साथले आशा र उत्साह बढ्नेछ।
मीन (PISCES)
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
पहिलेको सफलताले आत्मविश्वास बढाउनेछ। भविष्यका लागि महत्वपूर्ण आधार तयार गर्ने अवसर मिल्नेछ। प्रयास गर्दा धेरै अवसर हात लाग्नेछन् र राम्रो लाभ उठाउन सकिनेछ। मेहनतपछि लक्ष्य प्राप्त हुनेछ। शत्रु र रोगमाथि विजय प्राप्त हुनेछ। विवाद तथा प्रतिस्पर्धामा तपाईंको पक्ष बलियो रहनेछ।



प्रतिकृया दिनुहोस्