मकवानपुरमा सफ्टी हाइजिनलाई “उत्कृष्ट करदाता”को सम्मान

मकवानपुरमा सफ्टी हाइजिनलाई “उत्कृष्ट करदाता”को सम्मान

हेटौडा || मकवानपुरका उद्योगी व्यवसायीहरुका लागि गर्वको खबर! लोकप्रिय उपभोक्ता उत्पादन कम्पनी सफ्टी हाइजिन प्रालिले १४औं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालय मकवानपुरबाट आयकरतर्फ सर्वोत्कृष्ट करदाताको सम्मान प्राप्त गरेको छ।

सम्मान कार्यक्रममा प्रमुख कर अधिकृत युक्त प्रसाद सुवेदी र प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले कम्पनीलाई पुरस्कार प्रदान गरेका थिए। प्रमुख कर अधिकृत सुवेदीले जेन्जी आन्दोलनपछि कर उठाउने प्रक्रिया केही ढिला भएको भए पनि उद्योगी व्यवसायीहरुको सहयोग अपरिहार्य रहेको बताए।

यस अवसरमा सफ्टी हाइजिनका अध्यक्ष यादव घिमिरेले भने:
“कर तिर्नु केवल कानुनी दायित्व मात्र होइन, राष्ट्रको समग्र विकासमा योगदान पनि हो। करदातालाई सम्मानजनक व्यवहार गर्नु अत्यन्त जरुरी छ।” उनले प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न सके राजस्व प्रणालीमा उल्लेखनीय सुधार आउने कुरामा जोड दिए।

कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट र उद्योग संघ मकवानपुरका अध्यक्ष बद्रिनाथ शर्माले पनि शुभकामना मन्तब्य राखेका थिए।

सफ्टी हाइजिनले विगत दश वर्षदेखि सेनेटरी प्याड, टिस्यु पेपर, डायपर र वेभी वाइप्स जस्ता उत्पादनहरु उत्पादन र बिक्री वितरण गर्दै आएको छ। कम्पनी निर्देशक विजय पोखरेलले भने:
“आगामी दिनमा गुणस्तरमा अझ सुधार गर्दै, उपभोक्तामैत्री उत्पादनमा ध्यान दिनेछौं र उपभोक्ताको मनमा बस्ने प्रयास जारी रहनेछ।”