आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं, १९ चैत
रौतहट, गरूडा नगरपालिका-५ स्थित ठाकुर ग्रिल उद्योगमा विद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा टायर,वेल्डिङ्ग मेसिन, मोबाइल लगायतका सरसामान जलेर करिब १० लाख ४३ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
महोत्तरी, बर्दिबास नगरपालिका-२ सरकारी अस्पताल बर्दिबास नजिकै सरोज अधिकारीको नर्सरीमा सोमबार दिउँसो लागेको आगो फैलिएर नजिकै रहेको टाटा प्रोजेक्ट लिमिटेडको स्टोर गरी राखेको विद्युतीय ट्रान्सफर्मरमा प्रयोग हुने ५ वटा मेशिन आशिंक रूपमा जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
अर्घाखाँची, भूमिकास्थान नगरपालिका-७ पानडाँडा सामुदायिक वनमा सोमबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने लोक बहादुर थापाको घर र गोठ, रेल बहादुरथापा मगरको गोठ, तिलक बहादुर रायमाझीको गोठ र शौचालयमा समेत आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
कपिलवस्तु, शुद्धोधन गाउँपालिका-३ ठुलोसिसनियास्थितमहिबुदीन मुसलमान समेत १३ जनाको करिब ७ बिगाह खेतमा लगाएको गँहुमा सोमबार दिउँसो आगलागी हुँदा करिब ८लाख ३१ हजार रूपैयाँ बराबरको क्षति भएको छ ।
नुवाकोट, तारकेश्वर गाउँपालिका-४ नेवारपानी डोरपाखास्थित सामुदायिक वनमा सोमबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने सलिना श्रेष्ठको गोठमा समेत आगलागी हुँदा करिब १ लाख २५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
मोरङ, कानेपोखरी गाउँपालिका-६ शिवालय टोल बस्ने प्रेम कुमार मगरको ग्वालीमा विद्युत सर्ट भई सोमबार साँझआगलागी हुँदा करिब २ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यसैगरी मोरङ, बिराटनगर महानगरपालिका-१ फुटलब चोकस्थित पप्पु पंडितको न्यू एसके फर्निचर उद्योगमा गए राति आगलागी हुदाँ करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
पर्सा, बिन्दबासिनी गाउँपालिका-२ बहुअर्वास्थित वीरगंजमहानगरपालिका-१९ केहुनिया बस्ने बरियारको पान घुम्ती पसलमा गए राति आगलागी हुदाँ करिब २ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
✍🏻✍🏻



प्रतिकृया दिनुहोस्