शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को हार्दिक मङ्गलमय शुभकामना!
अन्धकारमाथि प्रकाशको विजय, आपसी भाइचारा र उज्यालोको प्रतीकका रूपमा मनाइने महाचाड शुभ दीपावली (तिहार), नेपालको आफ्नै मौलिक राष्ट्रिय संवत्का रूपमा रहेको नेपाल संवत् ११४७ तथा प्राकृतिक शक्ति, शुद्धता र सूर्य उपासनाको महापर्व छठ पर्व २०८३ को यस पावन अवसरमा मोर्गन इन्टरनेसनल कलेज परिवारका तर्फबाट हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
हाम्रा महान् चाडपर्वहरू केवल परम्परा र संस्कृति जोगाउने माध्यम मात्र होइनन्, यी त समाजलाई एकताको सूत्रमा बाँध्दै नयाँ ऊर्जा र सकारात्मक सोच सञ्चार गर्ने प्रेरणाका स्रोत पनि हुन्। दीपावलीको यस उज्यालो पर्वले सम्पूर्ण देश तथा विदेशमा छरिएर रहनुभएका आदरणीय आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण नेपालीहरूको घरघरमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उज्यालो भविष्यको ढोका खोलोस् भन्ने कामना गर्दछु। त्यसै गरी, नेपाल संवत् ११४७ ले हामी सबैमा नयाँ उमङ्ग र राष्ट्रिय गौरवका साथ अघि बढ्ने प्रेरणा प्रदान गरोस्।
एक शैक्षिक संस्थाको रूपमा मोर्गन इन्टरनेसनल कलेज सधैँ गुणस्तरीय, व्यावहारिक र उत्कृष्ट शिक्षा प्रदान गर्दै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा प्रतिबद्ध छ। चाडपर्वको यस पावन समयले हाम्रा विद्यार्थीहरूमा अध्ययन-अध्यापनप्रति थप उत्साह, लगनशीलता र उच्च नैतिक संस्कार अभिवृद्धि गरोस्। शैक्षिक क्षेत्रमा निरन्तर स्तर उन्नति गर्दै ज्ञान, प्रविधि र नवप्रवर्तनका माध्यमबाट हाम्रा विद्यार्थीहरूलाई विश्वमञ्चमा प्रतिस्पर्धी र सफल नागरिक बनाउने हाम्रो सङ्कल्पलाई यी पर्वहरूले थप बल पुर्याउनेछन् भन्ने विश्वास लिएको छु।
यस खुसीको अवसरमा कलेजको शैक्षिक यात्रालाई सधैँ उँचो राख्न अहोरात्र खट्नुहुने आदरणीय शिक्षक-शिक्षिका, कर्मचारी वर्ग, क्याम्पस सञ्चालक समिति, सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू, अभिभावकज्यूहरू तथा समस्त शुभचिन्तकहरूमा हार्दिक शुभकामना अर्पण गर्दछु। छठी माता र सूर्य भगवान्ले हामी सबैको रक्षा गर्दै शैक्षिक उत्कृष्टता, प्रगति र समृद्धिको आशीर्वाद प्रदान गरुन्।
डा. दीपेन्द्र भण्डारी
प्रिन्सिपल
मोर्गन इन्टरनेसनल कलेज



प्रतिकृया दिनुहोस्