शुभ दीपावली, नेपाल संवत ११४७ तथा छठ पर्व २०८३ को हार्दिक मङ्गलमय शुभकामना!
अन्धकारमाथि प्रकाशको विजय, आपसी सद्भाव र खुसीयालीको प्रतीकको रूपमा मनाइने महाचाड शुभ दीपावली (तिहार), नेपालको मौलिक राष्ट्रिय संवतका रूपमा रहेको नेपाल संवत ११४७ तथा भ्रातृत्व र कृतज्ञताको महापर्व छठ पर्व २०८३ को यस पावन अवसरमा मदन भण्डारी मेमोरियल कलेज परिवारको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
हाम्रो संस्कृति र परम्पराले समाजलाई एकताको सूत्रमा बाँध्दै सामाजिक सद्भाव, भ्रातृत्व र भाइचारा बढाउन महत्त्वपूर्ण भूमिका खेलेका छन्। दीपावली (तिहार) ले प्रत्येक घरमा धनधान्य, सुख-समृद्धि र उज्यालो ल्याओस् भन्ने कामना गर्दछु। त्यसै गरी, नेपालको आफ्नै मौलिक इतिहास र पहिचान बोकेको नेपाल संवत ११४७ ले हामी सबैमा नयाँ उमङ्ग, नयाँ सोच र नयाँ सङ्कल्पका साथ अघि बढ्ने प्रेरणा प्रदान गरोस्।
हाम्रो अर्को मुख्य महापर्व छठ पर्वमा छठी माता र प्रत्यक्ष देव सूर्य भगवान्को भक्तिपूर्वक पूजा-आराधना गरिन्छ। निष्ठा, शुद्धता र प्राकृतिक शक्तिप्रति कृतज्ञता व्यक्त गरिने यस महापर्वमा छटी माताले हामी सबैको रक्षा गर्नुका साथै सबैलाई सुस्वास्थ्य, दीर्घायु र समृद्धिको आशीर्वाद प्रदान गरुन् भन्ने प्रार्थना गर्दछु।
यस पावन अवसरमा देश तथा विदेशमा छरिएर रहनुभएका आदरणीय आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरूका साथै मदन भण्डारी मेमोरियल कलेजका सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक-शिक्षिका, कर्मचारी वर्ग, क्याम्पस व्यवस्थापन समिति तथा सम्पूर्ण शुभचिन्तकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। यी चाडपर्वहरूले हामी सबैको जीवनमा शान्ति, प्रगति, र नयाँ ऊर्जा सञ्चार गरुन्।
डा. बाबुराम अधिकारी
क्याम्पस प्रमुख
मदन भण्डारी मेमोरियल कलेज


