शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!
आदरणीय अभिभावकवर्ग, प्रिय विद्यार्थी भाइबहिनीहरू, आदरणीय शिक्षक-कर्मचारी मित्रहरू तथा देश-विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाइ एवं दिदीबहिनीहरूमा हार्दिक नमस्कार!
अँध्यारोमाथि उज्यालोको विजय र भ्रातृत्वको प्रतीक पर्व शुभ दीपावली (तिहार), हाम्रो मौलिक संस्कृति र गौरवको पहिचान नेपाल संवत् ११४७ एवं निष्ठा, सद्भाव र सूर्य उपासनाको महान् पर्व छठ पर्व २०८३ को यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
शिक्षा नै समाज परिवर्तन, चरित्र निर्माण र राष्ट्र निर्माणको मूल आधार हो। चाडपर्वहरूले हाम्रा बालबालिकाहरूमा संस्कार, अनुशासन र सामाजिक सद्भावको भावना जागृत गराउँछन्। यस उज्यालो पर्वले हाम्रा विद्यार्थीहरूमा नवप्रवर्तन, ज्ञानको तिर्खा र उच्च नैतिक शिक्षाको दीप बाल्न सकोस्। आगामी दिनहरूमा गण्डकी बोर्डिङ स्कुल तथा प्याब्सन काठमाडौँ मेट्रोको तर्फबाट गुणस्तरीय शिक्षा, प्रविधिमैत्री सिकाइ र विद्यार्थीहरूको चौतर्फी व्यक्तित्व विकासका साथै शिक्षाको समग्र स्तर उन्नतिका लागि हामी अझ दृढ सङ्कल्पित रहनेछौँ।
तिहारको झिलिमिली बत्ती र छठको पवित्र अर्घ्यले हामी सबैको जीवनमा नयाँ आशा, सकारात्मक सोच, उत्साह र सफलताको उज्यालो छरिदिओस्। विद्यालय परिवार, विद्यार्थी, शिक्षक तथा अभिभावकबीचको अटुट सहकार्यले शिक्षा क्षेत्रमा अझ नयाँ उँचाइ हासिल गर्न सकियोस् भन्ने कामना गर्दछु।
पुनः सम्पूर्णमा चाडपर्वहरूको हार्दिक मङ्गलमय शुभकामना!
शुभकामना प्रेषक: रामचन्द्र भट्ट (आर.सी.)
प्रधानाध्यापक – गण्डकी बोर्डिङ स्कुल
सचिव – प्याब्सन काठमाडौँ मेट्रो तथा गण्डकी बोर्डिङ स्कुल परिवार



प्रतिकृया दिनुहोस्