शुभ दीपावली, नेपाल सम्वत् ११४७ तथा छठपर्व २०८३ को पावन अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना !

शुभ दीपावली, नेपाल सम्वत् ११४७ तथा छठपर्व २०८३ को पावन अवसरमा सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना !

शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!

आदरणीय आमाबुवा, दाजुभाइ, दिदीबहिनी, अभिभावकज्यूहरू, मेरा प्यारा विद्यार्थी भाइबहिनीहरू, शिक्षक, कर्मचारी, शिक्षाप्रेमी, पत्रकार मित्रहरू तथा स्वदेश एवं विदेशमा छरिएर रहनुभएका सम्पूर्ण शुभचिन्तकहरूमा हार्दिक नमस्कार!

उज्यालो र खुसीको पर्व शुभ दीपावली, हाम्रो मौलिक सांस्कृतिक धरोहर नेपाल संवत् ११४७ तथा आस्था, निष्ठा र सूर्य उपासनाको महान् पर्व छठ पर्व को सुअवसरमा मनास्लु वर्ल्ड कलेज परिवार र मेरो व्यक्तिगत तर्फबाट यहाँहरू सम्पूर्णमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

चाडपर्वहरूले हामीबीचको आपसी सद्भाव, भाइचारा र सांस्कृतिक एकतालाई अझ प्रगाढ बनाउने गर्दछन्। भौगोलिक सीमालाई नाघेर देश तथा विदेशका विभिन्न भूभागमा कर्मथलो बनाई बस्नुभएका सम्पूर्ण नेपालीहरूको अटुट साथ र अपनत्व नै हाम्रो राष्ट्रिय बल हो। विशेषगरी परदेशमा रहेर पनि स्वदेशको माटो, कला, संस्कृति र शिक्षा क्षेत्रको श्रीवृद्धिमा योगदान पुर्‍याउनुहुने सम्पूर्ण महानुभावहरूप्रति म उच्च सम्मान प्रकट गर्दछु।

“भविष्यका नेताहरूको घर” (Home of Future Leaders) का रूपमा स्थापित ISO 9001:2015 प्रमाणित मनास्लु वर्ल्ड कलेजले विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक, समयसापेक्ष र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। शिक्षा नै राष्ट्रको मेरुदण्ड भएकाले देशको शैक्षिक स्तरलाई अझ माथि उकास्न, दक्ष जनशक्ति उत्पादन गर्न र हरेक विद्यार्थीको उज्ज्वल भविष्य निर्माण गर्न हामी सदैव कटिबद्ध छौँ। यस पवित्र शैक्षिक यात्रामा निरन्तर विश्वास र साथ दिनुहुने सम्पूर्ण अभिभावक, शिक्षक तथा विद्यार्थीहरूप्रति म हृदयदेखि आभार व्यक्त गर्दछु।

यी उज्याला पर्वहरूले हामी सबैको जीवनमा नकारात्मकताको अन्त्य गरी नयाँ ऊर्जा, उत्साह र सकारात्मकताको दीप प्रज्वलन गरून्। यहाँहरूको घरआँगनमा सधैँ सुख, शान्ति र समृद्धिको उज्यालो छाओस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

धन्यवाद।
शुभकामना प्रेषक:
गेन्द्र लामा
कार्यकारी अध्यक्ष
मनास्लु वर्ल्ड कलेज (ISO 9001:2015 प्रमाणित)