काठमाडौं, ललितपुर, बारा र काभ्रेमा लाखौँको पटकासहित ६ जना पक्राउ

काठमाडौं, ललितपुर, बारा र काभ्रेमा लाखौँको पटकासहित ६ जना पक्राउ

काठमाडौं, ललितपुर र बारामा अवैधरूपमा लुकाइछिपाइ ल्याइएको लाखौँ मूल्य बराबरको पटकासहित ६ जना पक्राउ परेका छन् । तिहार नजिकिँदै गर्दा प्रहरीले अवैध रूपमा भित्र्याइएका विष्फोटक पदार्थ तथा पटकाविरुद्धको निगरानी र खानतलासी तीव्र बनाएको छ।

बारामा पिकअपसहित दुई पक्राउ बाराको जीतपुर सिमरा उपमहानगरपालिका-१ पथलैयाबाट ८० हजार रूपैयाँ बराबरको विभिन्न किसिमका पटकासहित २ जना पक्राउ परेका छन्। सिम्रौनगढबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र. ०१-०३४ च ७३१५ नम्बरको पिकअप जाँच गर्ने क्रममा प्रहरी चौकी पथलैयाले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा पिकअप चालक रौतहट राजपुर नगरपालिका-५ का २८ वर्षीय बिनोद महतो र सवारीमा सवार बारा पचरौता नगरपालिका-७ का २६ वर्षीय राधा कृष्ण सहनी रहेका छन्।

ललितपुरबाट ३ जना नियन्त्रणमा त्यसैगरी, ललितपुरको महालक्ष्मी नगरपालिका-४ शितल हाइटबाट २५ हजार रूपैयाँ बराबरको पटकासहित ३ जना पक्राउ परेका छन्। प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले उनीहरूलाई उक्त परिमाणको पटकासहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका-६ इमाडोल बस्ने, पर्सा वीरगन्ज महानगरपालिका-२६ घर भएका २८ वर्षीय अमित कुमार कुशुवहालगायत ३ जना रहेका छन्।

काभ्रेमा बसको चेकजाँचका क्रममा किशोर पक्राउ उता, काभ्रेको धुलिखेल नगरपालिका-९ काभ्रेभञ्ज्याङबाट ८० हजार रूपैयाँ बराबरको पटकासहित एक १८ वर्षीय किशोर पक्राउ परेका छन्। धनुषाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१-००७ ख १२२४ नम्बरको गाडीमा सवार उनलाई अस्थायी प्रहरी पोस्ट काभ्रेभञ्ज्याङबाट खटिएको टोलीले जाँच गर्दा उक्त पटका फेला परेको हो।

पक्राउ परेका सबै व्यक्तिहरूविरुद्ध प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको छ। चाडपर्वको समयमा हुन सक्ने सुरक्षा जोखिमलाई मध्यनजर गर्दै प्रहरीले अवैध पटका तथा प्रज्वलनशील पदार्थ ओसारपसार गर्नेमाथि कडा निगरानी बढाइएको जनाएको छ।