सिन्धुलीको रोशी खोलामा डुबेर आमा-छोरीको मृत्यु

सिन्धुलीको रोशी खोलामा डुबेर आमा-छोरीको मृत्यु

सुनकोशी गाउँपालिका-१ आँपघारीस्थित रोशी खोलाको दहमा डुबेर ओखलढुङ्गा चम्पादेवी गाउँपालिका-६ घर भएकी ३७ वर्षीया सत्यदेवी कोईराला र उनकै छोरी ९ वर्षीया पुजा खड्काको बिहीबार दिउँसो मृत्यु भएको छ ।

नुहाउने क्रममा उनीहरू डुबेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कुशेश्वर दुम्जाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरूको शव फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।