झाडीमा मृत अवस्थामा फेला परे ३३ वर्षीय सागर भट्ट

झाडीमा मृत अवस्थामा फेला परे ३३ वर्षीय सागर भट्ट

गोरखा, गोरखाको भिमसेनथापा गाउँपालिका–२ बगुवाका ३३ वर्षीय सागर भट्ट घर नजिकै रहेको झाडीमा मंगलबार मृत अवस्थामा फेला परेका छन्।

स्थानीयले झाडीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।

मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।