कुमारी बैंकद्वारा इलाममा वृक्षारोपण कार्यक्रम

कुमारी बैंकद्वारा इलाममा वृक्षारोपण कार्यक्रम

विश्व वातावरण दिवस २०२६ को अवसर पारेर कुमारी बैंक लिमिटेडले इलाम जिल्लामा ३०० वटा बिरुवा रोपेको छ। बैंकको फिक्कल शाखामार्फत इलाम नगरपालिका र लुम्बिनी विश्व शान्ति मञ्चसँग सहकार्य गरी इलाम नगरपालिकाको स्वामित्वमा रहेको चियाबगान क्षेत्रभित्र वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो।

उक्त वृक्षारोपण कार्यक्रमले भविष्यमा प्राकृतिक सन्तुलन संरक्षण, हरियाली प्रवर्द्धन तथा वातावरणीय सुधारमा टेवा पुर्‍याउने, जैविक विविधताको संरक्षण र जलवायु परिवर्तनप्रति उत्तरदायित्वपूर्ण कदमका रूपमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। साथै, हरियाली विस्तारसँगै इलामजस्तो पर्यटकीय क्षेत्रको आकर्षण थप वृद्धि भई भविष्यमा दिगो पर्यटन विकासमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०६ शाखा सञ्जाल तथा ४१ एक्सटेन्सन काउन्टरहरूमार्फत “समुदायका लागि कुमारी बैंक” अवधारणाअन्तर्गत देशभर विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

जसअन्तर्गत विपन्न तथा आवश्यकतामुखी विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण, सामुदायिक तथा सरकारी विद्यालयहरूको पूर्वाधार विकासमा सहयोग, स्वच्छ वातावरण निर्माणका लागि सरसफाइ सामग्री वितरण, अनाथालयहरूमा सहयोग, साथै वित्तीय तथा डिजिटल साक्षरता अभिवृद्धिका कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको छ।

बैंकले आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा वातावरणीय उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।