उदयपुरमा वृद्धाश्रम पुग्ने उमेरका वृद्धहरूबीच खुकुरी हानाहान: ७३ वर्षीय वृद्धले गरे ६४ वर्षीय छिमेकीको हत्या!
उदयपुर, सामान्य वादविवादले निम्त्याएको उग्र रूपका कारण उदयपुरको चौदण्डीगढीमा एक वृद्धको ज्यान गएको छ। छिमेकीहरूबीचको आपसी झगडाले हत्याको रूप लिएपछि स्थानीय त्रसित बनेका छन्।
सामान्य विवाद, बीभत्स हत्या
चौदण्डीगढी नगरपालिका-७ सिता पाईला टोलका ७३ वर्षीय राम प्रसाद राईले आफ्नै छिमेकी ६४ वर्षीय माहाशेर राईमाथि धारिलो हतियार (चक्कु) प्रहार गरी हत्या गरेका हुन्। आइतबार राति उनीहरूबीच कुनै विषयलाई लिएर भनाभन भएको थियो। सोही क्रममा रिसको आवेग थाम्न नसक्दा ७३ वर्षीय राम प्रसादले माहाशेरमाथि चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ।
उपचारका क्रममा अस्पतालमा मृत्यु
चक्कु प्रहारबाट गम्भीर घाइते भएका माहाशेर राईलाई तत्काल उद्धार गरी नगर अस्पताल बेल्टार पुर्याइएको थियो। तर, शरीरका विभिन्न भागमा लागेको गहिरो चोटका कारण उपचारकै क्रममा उनको मृत्यु भएको हो।
प्रहरीको फन्दामा हत्या आरोपी
घटना लगत्तै इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले हत्या आरोपी राम प्रसाद राईलाई नियन्त्रणमा लिएको छ। ७३ वर्षको वृद्ध उमेरमा छिमेकीकै हत्या गरेपछि यो घटनाले अहिले सामाजिक सञ्जाल र स्थानीय स्तरमा ठुलो चर्चा पाएको छ।
प्रहरीका अनुसार हत्याको मुख्य कारण आपसी वादविवाद नै देखिए पनि अन्य कुनै पुरानो रिसइबी थियो कि भन्नेबारे थप अनुसन्धान भइरहेको छ।


प्रतिकृया दिनुहोस्