मिडिया ठाँटीको उपहार: SEE दिएका विद्यार्थीलाई ७०% छुटमा व्यावसायिक मिडिया तालिम।

मिडिया ठाँटीको उपहार: SEE दिएका विद्यार्थीलाई ७०% छुटमा व्यावसायिक मिडिया तालिम।

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (SEE) दिएर नतिजाको पर्खाइमा बसेका विद्यार्थीहरूका लागि आफ्नो क्षमता अभिवृद्धि गर्ने विशेष अवसर जुटेको छ। लामो समयदेखि सञ्चार र तालिमको क्षेत्रमा क्रियाशील संस्था मिडिया ठाँटी प्रा. लि. ले विद्यार्थीहरूको व्यक्तित्व विकास र प्राविधिक सीपलाई लक्षित गर्दै ‘SEE विशेष धमाका’ प्याकेज सार्वजनिक गरेको छ।

“खाली समयको सही सदुपयोग: एक हप्ताको तालिम, जीवनभरको आत्मविश्वास” भन्ने नाराका साथ वैशाख १ गतेदेखि सुरु भएको यस कार्यक्रममा विद्यार्थीहरूले ७० प्रतिशतसम्मको भारी छुट प्राप्त गर्नेछन्।

के-के छन् मुख्य आकर्षण?

संस्थाले सार्वजनिक गरेको पाठ्यक्रममा विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि निम्न विषयहरू समेटिएका छन्:

  • पब्लिक स्पिकिङ (Public Speaking): स्टेजमा निर्धक्क भएर बोल्ने कला।

  • RJ/VJ तालिम: रेडियो र टेलिभिजनमा कार्यक्रम सञ्चालन गर्ने व्यावसायिक शैली।

  • न्यूज रिपोर्टिङ: समाचार लेखन, सम्पादन र वाचनको आधारभूत ज्ञान।

  • व्यक्तित्व विकास (Personality Development): आत्मविश्वास र नेतृत्व क्षमताको विकास।

  • स्टेज फोबिया निवारण: भीडको अगाडि बोल्दा हुने डर हटाउने विशेष मनोवैज्ञानिक विधि।

अनुभवी सञ्चारकर्मी दामोदर भट्टको नेतृत्वमा प्रशिक्षण

यस विशेष तालिमको मुख्य प्रशिक्षकको रूपमा एक दशकभन्दा लामो सञ्चार अनुभव बोकेका दामोदर भट्ट रहनुभएको छ। मेगा टेलिभिजन एचडीको ‘विज बोट’, युनिभर्सल टेलिभिजन एचडीको ‘फरक प्रसङ्ग’ र रेडियो मिर्मिरेको चर्चित अग्रजका कुरा, ‘मिर्मिरे टक शो’ जस्ता कार्यक्रमका प्रस्तोता समेत रहनुभएका भट्टले विद्यार्थीहरूलाई व्यावहारिक र प्रयोगात्मक ज्ञान प्रदान गर्नुहुनेछ।

मिडिया ठाँटीका प्रमुख कार्यकारी अधिकृत (CEO) तथा ठाँटी खबरका प्रधान सम्पादक समेत रहनुभएका भट्ट भन्नुहुन्छ— “SEE पछिको यो फुर्सदको समय विद्यार्थीका लागि केवल मनोरञ्जन मात्र होइन, आफ्नो सीप निखार्ने महत्वपूर्ण समय पनि हो। हामी उनीहरूलाई मिडिया स्टेसनमै लगेर प्रयोगात्मक अभ्यास गराउँछौँ ताकि भोलिका दिनमा उनीहरूले हरेक क्षेत्रमा नेतृत्व लिन सकुन्।”

बम्पर अफर र भर्ना विवरण

मिडिया ठाँटीले विद्यार्थीको आर्थिक भारलाई मध्यनजर गर्दै १५ हजार रुपैयाँको नियमित कोर्सलाई मात्र ५ हजार रुपैयाँमा उपलब्ध गराएको छ। यो अफर आगामी वैशाख ७ गतेसम्म भर्ना हुने विद्यार्थीका लागि मात्र लागू हुने संस्थाले जनाएको छ।

  • कक्षा सुरु: २०८३ वैशाख १ गते (नयाँ वर्षको अवसरमा)

  • तालिम अवधि: १ हप्ता (विशेष क्र्यास कोर्स)

  • स्थान: बालाजु-१६, काठमाडौँ

  • थप सुविधा: उत्कृष्ट विद्यार्थीहरूका लागि इन्टर्नसिप र रोजगारीको विशेष अवसर।

आफ्नो सिट सुरक्षित गर्नका लागि ९८६३३१७१६३ वा ९८१५६६८४७९ मा सम्पर्क गर्न सकिनेछ। थप जानकारीका लागि संस्थाको आधिकारिक वेबसाइट www.mediathanti.com वा www.thantikhabar.com मा भिजिट गर्न सकिन्छ।